पालिका बाहेक अन्य अधिबेशन सरेकोमा कांग्रेस युवा नेता गगन थापा असन्तुष्ट

असोज ८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पालिका अधिबेशन बाहेक अन्य अधिबेशनको मिति सारिएकोमा असन्तुष्टी प्रकट गरेका छन् । सामाजिक सञ्जालमा उनले अधिबेशन कति सजिलै सर्छ भन्दै १३ जिल्लाको वडा अधिबेशन अझै टुंगो नलागेको भन्दै असन्तुष्टी पोखेका छन् ।

उनले कांग्रेसमा नेताले आदेश दिने र कार्यकर्ता आदेश कुरेर बस्ने प्रबृत्ति देखिएको जनाएका छन् । थापाले कांग्रेसको पुर्ननिर्माणको अपेक्षा गरेका छन् ।

बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो ।

कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।

पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button