लियोको पदस्थापना पोखरामा हुने

पोखरा भदौ ५

लियो जिल्ला परिषद् ३२५ के नेपालको पदस्थापना बैठक पोखरामा हुने भएको छ ।पदाधिकारीहरूको पदस्थापना तथा प्रथम काउन्सिल बैठक भदौ २४ र २५ गते पोखरामा आयोजना हुने भएको सचिव लियो रन्जित तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला परिषद् ३२५ के नेपालका अध्यक्ष लियो दिप्ति न्यौपानेको नेतृत्वमा बनेको बोर्डले उक्त दिन लायन्स जिल्ला ३२५ के नेपालका गभर्नर लायन राजेन्द्र कुमार बीटाजुको प्रमुख आतिथ्यमा आ–आफ्नो जिम्मेवारी वहन गर्दै शपथ ग्रहण गर्ने तिमिल्सिेनाले जनाए ।
बैठकमा जिल्ला परिषद्का सम्पूर्ण क्लब अध्यक्षहरूसँग बैठक बसी विभिन्न प्रस्तावमाथि छलफल समेत हुने छ ।

समाज उत्थान, युवा परिचालन, नेतृत्व विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको यस जिल्ला परिषद्ले उक्त दिन पनि उपस्थित सहभागीहरूका लागि नेतृत्व विकास तथा सीपमूलक कार्यक्रम राख्ने तयारी गरिरहेको लियो कल्ब अफ पोखरी सिल्भर

माउन्टेनका अध्यक्ष एवमं कार्यक्रम संयोजक लियो आशिष लामिछानेले खुलाए ।कार्यक्रममा काठमाडौँ उपत्यकालगायत कास्की, पर्वत र बागलुङ जिल्लाबाट करिब ३ सयको हाराहारीमा युवाहरूको सहभागिता रहने कुरा कार्यक्रम संयोजक लामिछानेले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button