आजको राशिफल । वि.सं. २०७८ असोज ८ गते शुक्रबार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ – दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । गृहिणीहरूलाई सन्ततिको चिन्ताले सताउने छ, पतिलाई समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ । छात्रछात्राले कडा मिहिनेतपछि सफलता पाउने दिन छ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । सातौं भावमा चन्द्रमाको प्रवेश हुनाले बेलुकीपख मन रोमान्टिक बन्न सक्छ । बन्दव्यापारमा संलग्नहरूका लागि नयाँ ठाउँको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुने दिन छ । छात्रछात्राको खानपिन, घुमघाम एवं भेटघाटको बेला छ ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह – आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापारव्यवसाय मध्यम रहेको छ । छात्रछात्राहरूका लागि ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । गृहिणीहरूका लागि सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि दिन रमाइलो छ । जीवनसाथी र मान्यजनबाट पनि सरसहयोग मिल्ने समय देखिन्छ । सबैका लागि अपराह्नदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो– तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ। मान्यजन र ठूलाबडासँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छिमेकीको व्यवहारले निराश तुल्याउने छ । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । गृहस्थीजनहरू सन्ततिपक्षकौ क्रियाकलाप देखेर दंग पर्नेछन्, छात्रछात्राहरूले कुनै खुसीका खबर सुन्न पाउने समय छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आजको दिन पराक्रम र प्रसिद्धि कमाउने राम्रो समय हो । विभिन्न ठाउँको यात्रा गर्ने र कुनै न कुनै ज्ञान बढाउने समय हो । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । गृहिणीहरूको सुरुमा परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो– सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विद्यार्थीहरूको पठन–पाठनमा प्रगति हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सामाजिक कार्यकर्ता र कर्मचारीले विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । व्यापारीहरूको व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । गृहिणीहरूका लागि पारिवारिक सुख मिल्नेछ । पति वा मान्यजनबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । हाँकेकाताकेका कुरामा सफलता मिल्नेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । छात्रछात्राले मौखिक अभिव्यक्तिमार्फत प्रतिष्ठा कमाउने दिन छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु– आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । छात्रछात्राहरूका लागि प्रतिस्पर्द्धात्मक क्रियाकलापमा सफलता पाउने दिन छ, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । गृहिणीहरूका लागि परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । व्यवसायीहरूको बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् ।

 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – मिश्रित प्रभाव प्राप्त हुने भए पनि आज संयम भई कार्यक्षेत्रमा तल्लीन हुने दिन हो । मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ । व्यापारव्यवसायमा मन्दी छाउनेछ, अनि भोगविलासमा मन केन्द्रित हुनेछ । प्रतिशोधको भावना त्यागी संयम र धैर्यशाली हुनु राम्रो हो । मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । गृहिणीहरूले घरायसी काम र लेनदेनसम्बद्ध सानातिना झमेलामा दौडधूप गर्ने दिन छ । विद्यार्थीहरूको पठनपाठनमा भन्दा खेलवाडमा रूचि बढ्न सक्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि – घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्ने समय हो, अन्य सबैले ठूलाबडाको सहयोग र सल्लाह मिल्नाले राम्रो फाइदा बटुल्ने समय छ । गृहस्थीजनका लागि सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापारव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द – ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । मान्यजन, गुरुजन वा प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आज आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्ने समय हो, तर घरका बृद्ध सदस्य, अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्ने समय छ, त्यस्तै परिवारका सदस्य, जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि– दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button