रेबान पोखराको अध्यक्षमा नरेश भट्टराइ सर्वसम्मत चयन

भाद्र ३, पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)  पोखराको २८ औ ं वार्षिक साधारणसभा तथा १५ अधिवेशनले नरेश भट्टराईको अध्यक्षमा सर्वसम्मत १३ जना कार्यसमिति सदस्य चुनेको छ । बिहीबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्ष वसन्त गौतम, महासचिव विकास भट्टराई, कोषाध्यक्ष रोशनजंग कार्की, सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् ।

सदस्यमा लोकबहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बानियाँ, वीरेन्द्र शेरचन, लोकप्रसाद ढकाल र निवर्तमान अध्यक्षमा लक्ष्मण बराल छन् । कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई चलायमान राख्न नयाँ कार्यसमितिले गम्भीर भएर काम गर्नुपर्ने बताए । रत्न मन्दिर तथा हिमागृह खुला गर्न सकेमा पर्यटकहरुको बसाइ लम्बिने उनको भनाइ छ ।

व्यावसायिक हकहित तथा सुरक्षाको आवाज उठाउदै आएको रेबानले पोखरा सडक महोत्सव सहित विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । समारोहमा रेवानलाई विभिन्न समयमा सहयोग पु¥याउने व्यक्तित्व र तथा संस्थाहरुलाई सम्मान गरिएको छ । रेवान पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगाना सम्मानित भएका छन् । ढुंगनालाई रेवनले २५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत प्रदान गरेको हो । यो पुरस्कारबाट यसअघि कृष्णमणि बराल, सागरराज तिमिल्सिना र विनोद लामिछाने पुरस्कृत भइसकेका छन् । तस्विर ः जमुना शर्मा

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button