लैङिगक समनाता, सामाजिक समनात र महिला सशक्तिकरण्अभिभावकहरुसगँ अन्तरक्रिया कार्यक्रम

पोखरा, अशोज ६ ।  प्लान इन्टरनेशनल नेपालको सहयोगमा राईट फर चिल्ड्ृेनको आयोजनामा अशोज ५ मा लैङिगक समनाता, सामाजिक समनाता यसको महत्व, फाइदा, महिला सशक्तिकरण अभिभावकहरुसगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा २० जना अभिभावकहरु सहभागि भएका थिए कार्यक्रमको सहजिकरण राईट फर चिल्ड्ृेनको संरक्षण अधिकृत निकिता कोइरालाले गर्नृु भएको थियो कार्यक्रममा नि शुल्क तालिम , तालिम किन आवश्यक छ , तालिम सञ्चालन गर्नुको उद्देश्य, लैङिगक समनाता, लैङिगक समनातामा अभिभावको भुमिका सुरक्षित र मर्यादित कामको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागि ४२ वर्षिय राज कुमार बि क भन्नृहुन्छ “ प्रत्येक कुरामा छोरा र छोरीलाइ विभेद महशुश गराउन हुदैन रहेछ हामीले समान ब्यबहार गरिरहेका छौ भनिरहदा पनि कहि न कहि विभेद पक्कै भएको छ घरमा छोरी मान्छे विहान ४ बजे उठेर काम गर्छन धेरै दुख गरेका हुन्छन् । रोजगारको क्षेत्रमा महिलाहरुलाइ महिला भएकै कारण ज्यालामा विभेद भएको छ तर काम र जिम्मेवारीको तुलनामा महिलाहरु बढि सक्रिय हुन्छन । ”

छोरी बलत्कार होला भन्ने चिन्ता अभिभावकलाइ भइरहदा छोराले कसैकि छोरी बलत्कार गरिदेला भनेर पनि सतर्क हुने कि ? आफना छोरी तह लगाउदा अरुका छोरी सुरक्षित रहन मद्दत पुग्छ कि यो कोणबाट पनि बहस छेडे्ने कि भन्ने सवालको छलफलमा कार्यक्रमकै अर्का सहभागि अभिभावक यमदेवि सुनार भन्नृहुन्छ “ यो कोणबाट त हामीले कहिल्यै सोचेका थिएनौ यो शिर्षक ले मन छोयो हामीले अबदेखि छोरालाइ पनि नैतिक शिक्षाको पाठ सिकाउनेछौ ”

पोखरामा युवा महिला रोजगार प्रवदन परियोनजा अन्तरगत सस्थाले आर्थिक÷सामाजिक रुपमा पिछडिएको ,दलित, जनजाती समुहका महिला, एकल महिला, घरेलु हिशांमा परेका, सुधार गृहबाट फर्केका, भूमिहीन वा द्वन्द्ध पीडित किशोरी÷महिला , विगतमा यस्ता खालको तालिमका अवसर नपाएका २४ वर्ष उमेर समुहका किशोरी÷महिलाहरुका लागि विभिन्न तालिम सञ्चाालन गर्दै आएको छ । तालिमका साथै अंगे्रजी भाषा, जिवन उपयोगी सिप र कम्प्युटर तालिम पनि प्रदान गर्दै आएको छ । तालिम पश्चात रोजगारीको लागि पनि संस्थाले सहयोग गरिरहेको छ । यसका साथै आवश्यकता अनुसार यातायात, दिवा खाजा र बाल हेरचारहको व्यवस्था पनि संस्थाले गरिरहेको । तालिम CTEVT को पाठ्यत्रmम अनुसारको छ । Right for Children संस्थाले विभिन्न तालिम प्रदायक संघ संस्थाको सहकार्यमा तालिम संचालन गरिरहेको कुरा कार्यक्रममा कार्यक्रमको सहजकर्ताले जानकारी गराउनु भएको थियो

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button