दशैंको अवसरमा बैंक तथा वित्तिय संस्थालाई एक अर्व नयाँ नोट वितरण पोखरामा पनि नयाँ नोट वितरण गर्न सुरु

पोखरा ६, असोज । नेपालीहरुको महान पर्व विजया दशमी पर्वलाई लक्षित गरी यस बर्ष पोखरा क्षेत्रका बैंक तथा वित्तिय संघ संस्थाहरुका लागि एक अर्व रुपैया नयाँ नोट वितरण गरिएको छ ।

पोखरा क्षेत्रमा रहेका क, ख, ग र घ बर्गका बैंक तथा वित्तिय संघ संस्थाहरुलाई उनीहरुको माग बमोजिम करिब एक अर्ब रुपैया नयाँ नोट वितरण  गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वर भट्टराईले बताए । यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दशैं पर्वको अवसरमा पोखरा क्षेत्रबाट पनि नयाँ नोट वितरण यही असोज ४ गते देखि सुरु भएको उनले जनाए
। सम्बन्धित बैंक तथा वित्तिय संघ संस्थाहरुलाई प्रयाप्त मात्रमा नयाँ नोट दिएको हुदा आम उपभोत्तालाई नजिकको बैंक तथा वित्तिय संघ संस्थाबाट नयाँ नोट लिन सकिने भएको निर्देशक भट्टराईले बताए । प्रति व्यत्तिलाई राष्ट्र बेैंकले ५, १०, २०, ५० र १ सयको एक एक बण्डल सहितको १८ हजार ५ सय रुपैयाको नयाँ नोट सटही गर्न सुरु गरिएको उनले जनाए ।

हिजोआज दैनिक जसो करिब ५०÷६० जना नयाँ नोट सटहीको लागि राष्ट्र बैंक पोखरा कार्यालयमा आउन सुरु भएको भट्टराईले जनाए । नयाँ नोट सटहीको लागि दैनिक ३ सय जना जनालाई सेवा दिन सक्ने भएको उनले जनाए । उनले भने “ यस बर्ष हामीले यस क्षेत्रका उपभोक्ताहरुलाई दशैं पर्व लक्षित हुने गरी नयाँ नोट वितरण गर्दछौं, हामीसंग पयाप्त मात्रमा स्टक रहेको छ । ” गत बर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नभएको हुदा सुकिला नोट वितरण गरेको राष्ट्र बैंकले यस बर्ष भने नयाँ नोट वितरण गर्न सुरु गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button