अनुुुसन्धान केन्द्र खोल्ने बि एण्ड बि टेक ग्रुपको योजना

नारायण क्षेत्री, पोखरा २९ साउन ।  बि एण्ड बि टेक ग्रुपको अनुसन्धान तथा विकास सम्बन्धि कार्यक्रम पोखरामा सम्पन्न भएको छ । सन् २०१८ मा स्थापना भएको संस्थाले ५ बर्षमा विभिन्न कम्प्युटर तथा मोबाइलका सफ्टवेयर र एपहरुको विकास गर्दै आइरहेको संस्थाका को–फाउण्डर डा. बिकास लम्सालले बताए ।

संस्थाको नेपालसहित जापान, फ्रान्स, इटाली र डेनमार्कमा शाखा रहेका छन् । संस्थाले आइटीसंग सम्बन्धित कार्यहरु सँगसँगै फोहोरको वर्गिकरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता विषयमा पनि पहल गर्दै आइरहेको उनले सुनाए ।

गु्रपका अर्का को–फाउण्डर एवं रिसर्चर इन्जियनियर विमलबहादुर केसीले आगामी ५ बर्षभित्रमा नेपालमा अनुसन्धान केन्द्र खोल्ने आफूहरुको योजना रहेको बताए । विदेशका लागि मात्र नभई आफ्नै देशमा केहि गर्न चाहेको उल्लेख गर्दै राज्यले त्यो खालको वातावरणको सृजना गर्नुपर्ने उनको भनाइ छ । संस्थामा हाल ५० जना कर्मचारी कार्यरत रहेको र आगामी ५ वर्षमा २ सय ५० पु¥याउने लक्ष्य रहेको बताए ।

जाभा सफ्टवयरका सिओई दिव्यमणि सुबेदीले प्रविधिमा विश्वले धेरै फड्को मारिसकेपनि नेपाल अझैपनि पछाडि नै रहेको बताए । नेतृत्वतहमा बसेकाहरुले यसतर्फ पहल गर्नुपर्ने उनको भनाइ छ । गण्डकी विश्वविद्यालयका कुलपतिका सल्लाहकार डा. सन्तोष सापकोटाले विदेशमा सिकेके सिपलाई स्वदेशमा नै सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चाहने युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । डिजिटल शारदा एप बनाउने जिम्मा समेत बि एण्ड बि लाई दिएको उनले स्पष्ट पारे । विदेश भ्रमणमा जाँदा त्यहाँको विकास देखेर आफू अचम्मित पर्ने गरेको स्मरण गर्दै उनले नेपाल नबन्नुका पछाडि सबै नेताहरुमा विज्ञतापन हाबी भएकाले नीति निर्माण तहमा बसेकाहरुलाई विज्ञहरुका कुरा सुन्न पनि सुझाए ।

रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले गाउँगाउँमा बाटो घाटो पु¥याउनुमात्र बिकास नभई आम नागरिकमा चेतनाको स्तर वृद्धिमा पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । देशबाट धेरै जनशक्ति विदेश पलायन भएकाले उनिहरुले नेपालमा नै बसेर केहि गर्ने सक्ने वातावरणको सिर्जना गर्नु राज्यको दायित्व रहेको उनको भनाइ थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button