तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा असोज १६ गतेनवनिर्मित सामुदायिक भवन तथा प्रवेशद्धार उद्घाटन गरिने

आकाश गुरुङ, पोखरा, ४ असोज। तमुहरुको साझा एवम पुरानो संस्था तमु धिं नेपालको असोज १६ गते ३७ औं वार्षिक साधारणसभा हुने भएको छ। वार्षिक साधारणसभासँगै नवनिर्मित सामुदायिक भवन तथा प्रवेशद्धार उद्घाटन गरिने भएको छ।


तमु धिं नेपालको भदौ महिनाको नियमित बैठकले साधारण सभा गर्ने मिति तय गरी तयारीमा जुटिरहेको अवस्थामा धिंको सोमवार सम्पन्न बैठले साधारणसभासँगै नवनिर्मित भवन तथा प्रवेशद्धारको उद्घाटन गर्ने निर्णय गरेको हो।


साधारणसभा तथा भवन उद्घाटनको प्रमुख अतिथि प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई आमन्त्रण गर्ने निर्णय गरेको सचिव जुमकाजी गुरुङले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा भवन तथा प्रवेशद्धार निर्माणका लागि सहयोगदाताहरुलाई सम्मान गरिने सचिव गुरुङले बताउनुभयो।


भवन निर्माणका लागि तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट बिनियोजन र सहयोगीहरुबाट सहयोग प्राप्त भईरहेको कोषाध्यक्ष गमबहादुर गुरुङले बताउनुभयो। मन्त्रालयबाट बिनियोजित बजेट पहिलो किस्ता प्राप्त भए पनि दोश्रो किस्ताको लागि आशावादी रहेको भन्नुहुदै शुभेच्छुकहरुको सहयोगले निर्माणका लागि धेरै साथ मिलेको उहाँको भनाई थियो।


भवन र प्रवेशद्धार करिब करिब सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले साधारणसभासँगै भवन उ्घाटन कार्यक्रम गर्ने निर्णय तमु धिंले गरेको बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button