पोखरा मलमा रहेको बि. युथ स्टायल फेन्सीमा आगलागी

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा शुक्रबार राति आगलागी भएको छ । पोखरामा मलमा रहेको बि. युथ स्टायल फेन्सीमा राति ९ बजे आगलागी भएको हो । विद्युत सर्ट भई सटर नम्बर २० मा रहेको उक्त फेन्सीमा आगलागी हुँदा कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसी टिभी क्यामरा लगायत गरी करिब १ करोडको क्षति भएको प्रहरीको अनुमान छ ।

सो पसलका संचालक भरत खत्री क्षत्री हुन् । समयमै प्रहरी र दमकल खटिंदा आधा घण्टामै आगो नियन्त्रण भएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ । सो मलमा नेपाल बैंकको कार्यालय सहित दर्जनौं पसल छन् । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button