बृज सिमेन्टको सचेतना पोखरा १३ मा

निराजन पौडेल
पोखरा ५ असार
बृज सिमेन्टको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा १३ कुडहरमा सिमेन्टले सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रम वडा कार्यालय परिसरमा भएको हो। वडामा सेवा लिन पुगेका सेवाग्राहि र सोहि वडा आसपासमा रहेका हार्डवयर सञ्चालक लाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिका तर्फ एरिया सेल्स म्यानेजर तुलसिराम गुप्ता, मोहन चौधरी ,प्रकास सापकोटाले सिमेन्ट के हो ,सिमेन्टका प्रकार र कस्तो कार्य को लागि कस्तो सिमेन्टको प्रयोग बारेमा जानकारी दिइएका थिए ।

वडा अध्यक्षय किरण बरालले सिमेन्टले सचेतना कार्यक्रम राखेकोमा खुसि ब्यक्त गदै यसले जनतामा सचेतना जगाएको सुनाए । उनले यसलाई निरन्तरताको रुपमा लैजान आग्रह समेत गरेका थिए । कार्यक्रमामा हाडवेयर सञ्चालकहरु बिजी ट्रेड लिङ अमरसिहं चोकका युवराज गुरुङ, सुर्य हाडवेयर शिव चोकका होमनाथ निरौला, हरि हाडवेयर भद्रकालिका गंगा मोहन गुरुङ, आरवी हाडवेयर पाटन बेशिका रबी बराल,पोख्रेल हाडवेयर बिपी मार्गका कृष्ण पोख्रेल, सन्देश एण्ड सिमनका रामसिङ पुनको सहभागिता रहेको थियो ।

कम्पनीले यस अगाडि पोखराका बिभिन्न वडाहरुमा सचेतना कार्यक्रम आयोजना गरेको थियो। बृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि अन्तगर्त ओपिसि , पिपिसि, र पिएससि ३ प्रकारका सिमेन्ट हाल बजारमा उपलब्ध रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button