पोखरा चेम्बरमा नयाँ कार्यसमिति

पोखरा, १ असोज । पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । असोज २ गते शनिबार हुने तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्यमा सर्वसम्मत भएको हो ।

अधिवेशनबाट अध्यक्ष सहित ११ पदाधिकारी सहित ३६सदस्यीय कार्य समिति निर्वाचित भएका हुन । अधिवेशनबाट अध्यक्ष, यमनाथ पौडेल निवर्तमान अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २ सचिवमा नविन बराल र विष्णुप्रसाद बास्तोला, कोषाध्यक्ष सुरेश दाहाल, सहकोषाध्यक्ष कल्पनादेवी तिमिल्सिना सहित ११ पदाधिकारी निर्विरोध भएका छन् ।

कार्य समितिको सदस्यमा पोखरा महानगरबाट सविन जिसी, कर्पोरेटबाट रुद्रप्रसाद अर्याल र विनोद भुजेल, बस्तुगततर्फबाट पवित्रबहादुर नेपाली, विक्रम पन्त, दिपक तिमिल्सिना र इन्द्रप्रसाद भुवाई छन् । कार्य समिति औद्योगिक क्षेत्रबाट पूर्णशोभा गुरुङ र श्याम मल्ल, नगरतर्फबाट पम्फा देवकोटा, अन्नपूर्ण गाउँपालिकाबाट सुरेन्द्र गुरुङ, इकाईबाट दुर्गादत्त पोखरेल र वडाबाट जीवन ढुंगाना निर्वाचित भएका छन् । कार्य समिति सदस्यमा खुल्लातर्फबाट बोधराज सुवेदी,सुवास सुवेदी, गोकर्ण अधिकारी, पदमलाल श्रेष्ठ, मनहरी दाहाल, विशाल गुरुङ, प्रकाशकुमार श्रेष्ठ, योगकुमारी गौतम,कृष्णराज पोखरेल,कमलबहादुर भुजेल र शम्भु अधिकारी निर्वाचित भएका छन् । चेम्बरको विधान अनुसार पछि ४जनालाई मनोनित गरिने छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले शनिबार साधारण सभाका औपचारिक कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । सभामा महासचिव उमराज बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । साधारण सभाले कोभिड १९ले निजी क्षेत्रमा पारेको प्रभाव लगायत विशेष प्रस्ताव पारित गर्ने निवर्तमान अध्यक्ष किसान सुनारले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button