आज धुमधामका साथ विश्वकर्मा पुजा गरिदै , पूजा विधि सहित

पोखरा । आज अशोज १ गते वास्तुदिवस अर्थात १७ सेप्टेम्बर भगवान विश्वकर्माको धुमधामका साथ पूजा गरि मनाइदैछ । विश्वकर्मा बाबाको जन्म दिन भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजा आजा गरिन्छ । नेपालको विभिन्न जिल्ला लगायत भारतमा समेत विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विभिन्न उद्योग कलकारखानाहरुमा विश्वकर्मा पूजाको ठूलो महत्त्व रहेको छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्ने गर्छन । आजको दिन धेरैजसो कलकारखाना बन्द रहने तथा मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार भनेर भनिने गरिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको भन्ने धार्मिक जानकारहरु बताउँछ । भगवान महादेवले ब्रह्मा तथा विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको भन्ने मान्यता रहेको पाहिन्छ ।

भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर उल्लेख गरिएको छ । बाबा विश्वकर्माको अनन्त तथा अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका साथै कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छ । विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिनुका साथै काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने धार्मिक विश्वास रहेको पाहिन्छ । विश्वकर्मा एक महान ऋषि तथा ब्रम्हाज्ञानी थिए । उनले नै देवताको घर, नगर, अस्त्र(शास्त्र आदि निर्माण गरेको हुँदा उनी महान शिल्पकार थिए ।

वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् । महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख गरेको पाइन्छ । वराह पुराणको अ। ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकारार्थ ब्रम्हा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गरेका थिए । प्राचिन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु निर्माण गरेका कारण उनलाई आचार्यको पनि आचार्य भनिन्छ । प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका कारण उनलाइ सम्मान पूर्वक विश्वकर्मा बाबा ९गुरु० को रुपमा सम्झने गरिन्छ ।

यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । स्वर्ग लोक, सुनको शहर, लंका तथा कृष्णको नगरी, द्वारका यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो । हिन्दू पौराणिक कथाका अनुसार विश्वकर्माले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् ।विश्वकर्मा बाबाको सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् । मुलुकको विभिन्न स्थान तथा प्रदेश न १ को मुख्य शहर तथा औधेगिक क्षेत्र विराटनगर , दुहवी , इटहरी धरान , सुन्दरहरैंचा , उर्लाबारी तथा विर्तामोड लगायतका स्थानमा धुमधामका साथ विश्वकर्मा पुजा विगत वर्ष झै गरिदैछ । कोरोना कहरका कारण लामो समय देखि बन्द र निस्कृय रहेका उद्योग कलकारखाना पनि केही मात्रामा सहज अवस्था भए संगै हाल सञ्चालनमा आएको छ ।

आजको दिन सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन रहेको पूर्वाञ्चल ल्यूब आयल प्रा। लि। ९विराटचोक० का प्रबन्ध निर्देशक भोलेश्वर दुलालले बताए ।

विश्वकर्मा पूजा विधि
भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ । यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ । यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।

पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस्। भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र , ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस् रहेको पण्डित सूर्यप्रसाद दाहालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button