माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास बिच क्युआर हस्तान्तरण

पोखरा २२ साउन । माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति बिच क्युआर कोड हस्तान्तरण भएको छ । आइतबार बैंकका सिइओ सन्तोष कोइरालाले बिकास समितिको क्युआर स्क्यान गरी शुरु गरेको हो  ।

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका का.वा. अध्यक्ष सुर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामको बारेमा जानकारी दिदै बित्तिय र धार्मिक क्षेत्र बिच सहकार्य गर्न पाएको भन्दै खुसी ब्यक्त गरे । उनले मन्दिरमा संकलन हुने भेटि अब क्युआर कोड मार्फत संकलन हुँदा थप सहजता हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेलले कागजी नोट छाप्ने प्रक्रिया लामो भएको बताउँदै हाल डिजिटल बैंकिङ कारोबारले सजिलो बनाएको बताए । उनले बिन्ध्यवासिनी धार्मिक क्षेत्रले पनि दक्षिणालाई डिजिटल डिसप्ले मार्फत देखाएमा अझै प्रभावकारी हुने बताए ।

बैंकका सिइओ कोइरालाले नेपाल भरीका मठ मन्दिरमा क्युआर कोड राख्ने अभियान भएको बताउँदै त्यसै अनुरुप बिन्ध्यवासिनी धार्मिक क्षेत्रमा पनि अभियान शुरु भएको जनाए । उनले यस अगाडि पनि मन्दिर सगँको सहकार्यमा जोडिएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । क्युआर स्क्यान मार्फत दक्षिणा प्रदान गर्दा पारदर्शिता हुने उनको भनाइ थियो ।

बैंकका डिजिटल चिफ माधव सुवेदीले बैंकले डिजिटल प्रबिधिलाई देशै भरी हरेक क्षेत्रमा बिस्तार गर्दै आएको र त्यसै अनुरुप विन्ध्यवासिनीमा पनि शुरुवात भएको बताए ।

कार्यक्रममा बैंकका सस्थापक सञ्चालक एवं स्वर्गीय सुर्यबहादुर केसीकी श्रीमति प्रेम कुमारी केसी, बैंक सञ्चालक बन्दना कार्की, सशस्त्र प्रहरीबलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेश श्रेष्ठ वडा नम्बर १ र र २ वडा अध्यक्ष सहारा प्रधान र दिवसमान प्रधानाङ्ग लगायतले बोलेका थिए । माछापुच्छ्रे बैंक बगर शाखाको संयोजनमा भएको बैंकका शाखा प्रबन्धक उज्वल घिमिरले जानकारी दिए । कार्यक्रमको सञ्चालन विकास श्रेष्ठले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button