कास्कीमा निषेधाज्ञा हट्यो, तनहुँमा निषेधाज्ञा बढाइयो

३१ भदौ । कास्कीमा जारी निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार एक आदेश जारी गर्दै वैशाख १५ देखिको निषेधाज्ञा हटाएको हो ।
तर सक्रमण दर बढदै गएमा जुन सुकै समयमा पनि थप आदेश जारी हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।

पछिल्ला दिनहरुमा संक्रमण दर , मृत्युदर समेत घटदो रुपमा देखिएकाले संक्रमणको दर अबस्था पनि नियत्रणको अबस्थामा रहेको तथ्याङ र भदौ २९ गते बसेको कोभिड १९ ब्यबस्थापन समिति डिसिएम सि को निर्णय समेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा ४ बमोजिम असोज १ गते बाट निषेधाज्ञा हटेको जारी सुचना मार्फत उल्लेख गरेको छ ।

होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइ बेलुका साढे ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति १ .३० बजेसम्म सञ्चालन गर्न सकिनेछ।संक्रमणको जोखिम पूर्णत हटि नसेकेको हुँदा स्वास्थय सुरक्षा मापदण्डको पालना र आदेको पालना गर्न समेत सबै कास्की जिल्लबासी नागरिकहरुमा अनुरोध गरेको ।

तनहुँमा निषेधाज्ञा बढाइयो

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ । भौतिकरूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । “साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ”, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ ।

विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button