समावेशी टोलको अध्यक्षमा गिरी

पोखरा,१५ साउन । पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको समावेशी टोल विकास संस्थाको अध्यक्षमा पुनः राजु गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिबार सम्पन्न नवौँ साधारणसभा तथा चौथो अधिवेशनले गिरीको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा शान्ता परियार, सचिवमा जीतबहादुर थापा, सहसचिवमा गोविन्द अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे चयन हुनुभयो । सदस्यहरुमा सरेन्द्र पण्डीत,लालबहादुर गुरुङ, दिलकुमार श्रेष्ठ, दिल जैसी, सोविन्द्रा श्रेष्ठ, चन्द्रकला कुँबर क्षेत्री, अनुष्का पौडेल सुवेदी र सुनिता पराजुली चयन हुुनुभयो ।

साधारणसको उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक सांसद गायत्री गुरुङले विकास आवश्यकताका आधारमा हुने भएकाले आफ्नो गाउँ टोलको विकासमा सोही ठाउँका बासिन्दा अग्रसर हुनुपर्ने बताउनुभयो । समावेशी टोल पोखरामानै नमूना टोलका रुपमा स्थापित भएको उल्लेख गर्दै निर्वाचन पूर्वाधार कार्यक्रमबाट आफूले प्रवेशद्धार निर्माणमा रु पाँच लाख बजेट विनियोजन र पहिरो व्यवस्थापन, बाटो निर्माणमा बजेट विनियोजन गरिएको बताउनुभयो । विकासमा राजनीतिक आँखाले हेर्न नहुनेमा जोड दिनुभयो।

वडाध्यक्ष बोधबहादुर कार्कीले टोल विकासका लागि वडा कार्यालय साथमै रहेको बताउँदै फोहोरमैला शुल्क नतिर्नका लागि वडावासीमा आग्रह गर्नुभयो । वडा नं १४ मै फोहोरव्यवस्थापन स्थल रहेकाले वडावासीलाई फोहोरशुल्क मिनाहा गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा सांसद गात्रयी गुरुङ, वडाध्यक्ष बोधबहादुर कार्की र समावेशी टोल निवासी एवं शुल्का गण्डकी वडा नं१२ वडाध्यक्ष इन्द्र गुरुङ र संस्थाका निर्वतमान अध्यक्ष माधवप्रसाद बराललाई दोसल्ला, माला र , मायाको चिनो र खादाबाट सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले प्रवेशद्धारको उद्घाटन समेत गर्नुभएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button