नेप्सेमा सामान्य अंकले गिरावट, कारोबार रकममा थाेरै बृद्धि

काठमाडौं, २४ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से सामान्य अंकले घट्दा कारोबार रकम अघिल्लो पटककोभन्दा केहि सुधार भएको छ ।

बुधबार ६०.०२ अंकले गिरावट भई २८७६.५९ विन्दुमा झरेको थियो । ६ अर्ब ६४ करोड कढीको कारोबार भएको थियो । आज भने कारोबार रकम ७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स १.५३ अंकले घटेर ५३५.२९ विन्दुमा रहेको छ ।

कुल २३० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ५० करोड ७ लाख ७० हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार व्यापार उपसमूहको झिनो ०.०२ प्रतिशत, हाइड्रोपावरको १.९१ प्रतिशत, जीवन बीमातर्फ ०.३७ प्रतिशत र लगानी उपसमूहतर्फ ०.१७ प्रतिशतको बृद्धि देखिएको छ ।

तर ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । बैंकिङ, उपसमूह, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रीडि हाड्रोपावर विकास कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २२३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button