लगानीकर्ताकाे रिले अशसन जारि, माग पूरा नगरे भदौ ३० देखि आमरण अनशन

काठमाडौं, २४ भदौ । राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्जा सीमाको विरोध गर्दै आएका लगानीकर्ताहरुले दोश्रो दिन पनि आज माइतीघर मण्डलामा रिले अनशनलाई जारि राखेका छन् । पूँजी बजार सुधार संघर्ष समितिको नेतृत्वमा लगानीकर्ताहरुले बुधबारबाट रामकृष्ण ढकालको संयोजकत्वमा रिले अनशन शुरु गरेका हुन् ।

लगानीकर्ताले रिले अनशनलाई भदौ २९ गतेसम्म निरन्तरता दिने बताएका छन् । मागका बारेमा राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाए पनि सुनुवाई नभएपछि रिले अनशन शुरु गरेको उनीहरुले बताएका छन् । भदौ २९ गतेसम्म माग पूरा नभए भदौ ३० गतेबाट आमरण अनशन शुरु गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।

गएको सोमबार समितिले राष्ट्र बैंक घेराउ गर्दै बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा ढकालले मागका बारेमा उचित सुनुवाई हुने बताए पनि अहिलेसम्म सकारात्मक पहल नभएको उनीहरुले बताएका छन् । माग पूरा नगरेसम्म विराेधलाई झन् कडा बनाउने उनीहरूकाे भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button