योगेन्द्र बस्नेत मृत्यु प्रकरण : अस्पताल र चिकित्सकले चरम लापरवाही गरेको परिवारको आरोप

नारायण क्षेत्री /पोखरा ४ साउन । अस्पताल र चिकित्सकको गम्भीर लापरवाहीका कारण योगेन्द्रबहादुर बस्नेतको मृत्यु भएको भन्दै परिवारले दोषीमाथि कारवाहीको माग गरेको छ ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरे । जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएका शिक्षासेवी बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो ।

हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे ।

छानबिनका लागी असार ६ गते निवेदन दिए पश्चात हस्टिलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको र घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई दबाउन खोजिएको बस्नेतले आरोप लगाए ।

मेडिकल काउन्सिलमा असार २८ मा छानबिनका लागि उजुरी दर्ता गराएपनि काउन्सिलका अध्यक्ष डा. कृष्ण अधिकारीले अस्पतालाई उजुरीबारे जानकारी गराईएको र छानबिनका लागि लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button