कास्कीसहित २७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाकाे दोस्रो मात्रा खोप दिइँदै

पोखरा, २ साउन । कास्कीसहित २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

साउन ८ गतेसम्म केन्द्र रहेको विद्यालयबाटै खोप दिइने र दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कास्कीसहित झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button