१३ बर्षकी नावालिकालाई बलात्कारको आरोपमा पोखराबाट खिमबहादुर बिक पक्राउ

साउन २, पोखरा । १३ वर्षकी नावालिकालाई ललाई फकाई जर्वजस्ती करणी गरेको आरोपमा पोखरामा एक व्यक्ती पक्राउ परेका छन् । असार ३१ गते राति १० बजे जिल्ला पोखरा महानगरपालिका वडा नं.५ लब्लीडाँडामा जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

पर्वत कुश्मा नगरपालिका वडा नं.६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ बस्ने २४ बर्षका खिम बहादुर बि.क. जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन दश (१०) म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button