नेपाली कांग्रस कास्की क्षेत्र नं. २ख का लागि सभापति पदमा सामाजिक अभियन्ता सिग्देलको उमेदवारी

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी घोषणा गरेका छन् । २०४५ सालमा नेपाल विद्यार्थी संघको आधिकारीक सदस्यतालिई प्रजातन्त्र र समाजवादी संगठन नेपाली कांग्रेसमा आफूलाई समाहित गर्दै अगाडि बढेका सिग्देल नेपाल कांग्रेस पोखरा-८ का निवर्तमान वडा सभापति भई संगठनलाई सवल र सकृय वनाउन लागि परेका छन् ।

नेपाली कांग्रेसको ११ औं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई तन् र मन् लाई नेपाली कांग्रेसमा सर्मपण गर्दै विभिन्न आन्दोलनमा सकृय सहभागीता साथ अघी बढेका सिग्देल आफ्नो समयको धेरै वर्ष यूवाहरुको व्यक्तित्व विकास , वौद्धिक, नेतृत्वकला विकास, सामाजिक विकासमा विश्वको पुरानो व्यक्तित्व र नेतृत्व विकास गर्ने प्रजातान्त्रिक संस्था जेसीज अन्र्तराष्ट्रियको अन्र्तगत पोखरा जेसीजको अध्यक्ष, नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष तालिक आयूक्तजस्ता पदहरुमा रहि नेपाल भरि नै यूवा अभियानमा २० वर्ष सेवा पश्चात विश्व कै पुरानो सामाजिक संस्था रोटरी इन्टरनेशनलमा विगत १२ वर्ष देखि रोटरी क्लव अफ पोखरा न्यूरोडकमा अध्यक्ष एवम रोटरी डिष्ट्रक ३२९२ नेपाल भुटानको लागि सहायक गर्भनर र यूवा परिचालन तथा संरक्षण समितिको केन्द्रिय अध्यक्ष भएर कार्य गर्दै आइरहेका छन् ।

१४औँ केन्द्रिय महाधिवेशनको तयारीमा लाग्दै गर्दा हामीले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहने हुँदा अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व रहेको हुँदा आफ्नो उमेद्वारी रहेको सिग्देलले बताए । आफ्नो कार्यकालमा स्थानिय, प्रदेश र संघको चुनावमा वडा वाट गर्नुपर्ने भूमिका महत्वपूर्ण तवरले सम्पन्न गर्न पार्टीका सम्पूणर् तहका सदस्यहरुलाई एकवद्ध वनाई अघि बढेको यिनै यस्तै खारिएका अनुभव र अनूभुतीलाई संगठनप्रति सर्मपित भई नेपाली कांग्रेस कास्की क्षेत्र नंं २ प्रदेश २ को सभापतिको रुपमा नेतृत्व प्रदान गर्न प्रजातन्त्र प्रेमी जन समुदायलाई प्रत्यासी सिग्देलले अपील गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button