महिनावारीको बेला शारीरिक सम्बन्ध राखेमा गर्भ रहने सम्भावना कति ?

महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि ।
यद्यपि महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन ? यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति ।
नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन । तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ । जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ । यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ ।
त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ । जसले गर्दा महिनावारीको चार-पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ । यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ ।
यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन । महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन । महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ ।- अनलाइनखबर