मनसरा ः मिश्रित समाजको कथा, बैशाख २१ गते बाट रिलिज हुने

पोखरा ।
मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो ।
समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए । उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।”

सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने ।

निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए ।

मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन ।

अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् ।

नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन । कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन ।

अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।

कार्यकारी निर्माता सिजन दाहालले सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे । कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button