नेप्सेमा दोहोरो अंकको गिरावटसंगै घट्यो कारोबार रकम

आरजू, काठमाडौं २२ भदौ । साताको तेश्रो दिन मंगलबार शेयर बजार ओरालो लागेको छ । दुई उपसमूहबाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४४।१८ अंकले बढेर २९३६ विन्दुमा झरेको छ । नेप्से १।४८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५।०५ अंकले घटेर ५४८।३५ विन्दुमा रहेको छ ।

कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति ०७८ तथा बाह्र करोडको शेयर धितो कर्जाको सीमा निर्धारण गरेपछि खैलाबैला मच्चिएको शेयर बजारमा सकारात्मक लय पकड्न सकेको छैन । सोमबार साँझ अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच टेलिफोनमा शेयर बजारका समस्याका बारेमा सकारात्मक बनेको भन्ने कुरा आए पनि मंगलबार पनि लगानीकर्ताहरु ढुक्क हुन सकेनन र सूचकहरु राताम्मै भएका छन् ।

यसदिन अन्य उपसमूह १।०१ प्रतिशतले बृद्धि भएको छ भने म्युचुअल फण्डमा ०।५६ प्रतिशतको बृद्धि भएको छ । बाँकी ११ वटै उपसमूहको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको ६१ करोड ९२ लाख ९१ हजार ९२ रुपैया ५० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button