तमु ह्यूल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा थर र उपथर सूचिकरणका लागि छलफल

पोखरा, १७ फागुन । तमु ह्यूल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदले देशव्यापि छरिएर रहेका गुरुङ समुदायको थर र उपथरको सूचिकरणका लागि छलफल तथा सुझाव संकलन गररिहेको छ ।
परिषदको केन्द्रीय निर्देशन अनुसार कास्कीमा पनि छलफल तथा सुझाव संकलन गरिएको छुटेकाहरुको लागि परिषदमा यथाशिघ्र एक दुई दिनमै सुझाव दिन आव्हान गरिएको परिषद कास्कीका कार्यबाहक अध्यक्ष सीता गुरुङले जानकारी दिईन । हामी हाम्रै कराणले पनि पछि परिरहेका छौं । हामीबीच एकताको खाचो छ, गुरुङले भनिन्, तमु एकताका साथसाथै भोजभतेरको साटो अध्ययन। अनुसन्धान र खोजमूलक कार्यमा लगानी गर्न आवश्यक भएको बताईन । उनले तमु समुदायका हरेक कुराहरु थर, उपथर वा सम्पदा र सांस्कृतिक पक्षहरको बारेमा यथेष्ट कुरा पुस्तकका रुपमा आउनु पर्नेमा जोड दिईन ।
कार्यक्रममा प्रमुख अतिथि विज्ञ टेक बहादुर गुरुङले गण्डकी प्रदेश गुरुङ समुदायको थाकथलो भएको कारण छिटोभन्दा छिटो छुटेका समुदायका थर उपथरहरु उपलव्ध गराई दिन आग्रह गरे । उनले भने यो काम राज्य वा आयोगलेभन्दा पनि हामी आफैले गर्नुपर्ने हो । उनले सचेतनाको कमिको कारण र विभिन्न स्थानमा बसाई सर्दै जाने क्रमले थर र उपथरहरु ठाउँ विशेष वा भाषगत रुपमा पनि परिवर्तन हुँदै गएको बताए । हामीले हाम्रा कुरा दस्तावेजको रुपमा राख्न नसक्नुको कारण छुटिरहेका छौं । अब समय आएको छ, डा. गुरुङले भने, राज्यले माग गरिसकेको अवश्थामा हामीले हाम्रो समुदायमा भएको विविधतायुक्त थर उपथरहरु सूचीकरणमा पार्नुपर्छ र यो भविष्यको पुस्ताका लागि काम लाग्नेछ ।
परिषदका केन्द्रीय उपाध्यक्ष धनमान गुरुङले राज्यबाट माग भईसकेको अवश्थामा गुरुङ समुदायमा भएका विभिन्न थर उपथरहरुलाई सूचीकरणमा राख्न हरेकले सघाउन र सुझाउन टिपाउन अनुरोध गरे । उनले भने, समुदायमा केके थर र उपथरहरु रहेका छन् हामीलाई दिनुस् । पूर्वतिर वा मध्यतिरबाट सूची गईसकेको छ उनले भने, तमुहहरुको थाकथलोबाट ढीलो भएको छ अब ढीलो गर्नुहुन्न ।
परिषदका केन्द्रीय महासचिव डम्बर बहादुर गुरुङले तमुहरुको प्राचिन भूमिबाट थर, उपथरहरु आउनमा ढिलाई भएको छ । उनले भने, फलानाको कारण यसा भयो भनेर हुँदैन । हामीले हाम्रो लागि पहिला काम गर्नुर्छ । प्रश्नहरु मात्रै खडा गर्नेभन्दा आगामी पुस्तालाई साँचो दस्तावेजको रुपमा सूचीकरणमा राख्न यसो गरिएको हो । धेरै कुराहरु पहिलो पुस्तालाई थाहा छ । उनले भने, त्यो पुस्ता विदेशमा छ, यहाँ भएकालाई अलिअलि थाहा छ र कतिको त बसाई सर्ने कारणले अपभ्रम्स भईसकेको छ । अब हामी तातिएका छौं सबैले सहि सल्लाह र टिपोट गराउनु होला ।
कार्यक्रममा तमु समुदायका विभिन्न व्यक्तित्वहरुले आआफ्नो सुझाव मौखिक रुपमा दिएका थिए भने केहि समाजका प्रतिनिधिहरुले आफुले टिपोट गरेर ल्याएका थर र उपथरहरुको सूची परिषदको केन्द्रीय टोलीलाई हस्तान्तरण गरेका थिए ।
परिषद कास्कीका अध्यक्ष सीता गुरुङको अध्यतामा भएको कार्यक्रम सचिव आश बहादुर गुरु तथा संगठनका सचिव, लोक दोहोरी गायक शंकर विरही गुरुङले गरेका थिए ।