रामज्योति मावि ४३ औं वर्षमा प्रवेश

लेखनाथ ,१७ फागुन । पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको रामज्योति माध्यामिक विद्यालय ४३ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले वुधवार विविध कार्यक्रमका साथ आफनो ४३ औं बार्षिकोत्सव,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आर्थीक अभावकै कारण कुनै पनि वालवालिकाहरु विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै गुणस्थरिय शिक्षाले मात्र देशको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
विविध साकृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा भगवती हाईडोपवारका निर्देशक ई.बसन्त मोहन भटराईले कितावी ज्ञानसगै प्रविधी र ब्यवहारीक शिक्षाको अवस्यकता रहेको बताएका थिए भने लायन्स क्लव लेखनाथका अध्यक्ष तिलकशालि सापकोटाले विद्यार्थीलाई कसरी सामाजिक क्षेत्रमा पनि समाहित गर्न सकिन्छ भन्ने बारेमा हामी सवै जानकार हुनु पर्ने सुझाव राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछानेले विद्यालयको प्रगति विवरण र भावी योजनाका वारेमा जानकारी गराउदै सरकारी तहको दरवन्धी कम हुदाँ पठन पाठनमा समस्या सृजना आएको गुनासो राखेका थिए भने पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्री प्रसाद सुवेदीले दुई तहको शिक्षा नितीको अन्त्ये हुनु पर्नेमा जोड दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमम स्वागत गणेश प्रसाद अधिकारी र विद्यार्थी अभिसेक विकले गरेका थिए भने उक्त विद्यालयका पुर्व प्रअ सुर्यनाथ बरालले स्थापना गरेको गरिब, दलित, असाह्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृती रकम वितरण गरेका थिए ।
कार्यक्रममा लक्ष्मी मा वि का सहायक प्रअ विष्णु तिवारीले मोवाइलको दुरुपयोग भइरहेको छ कि भन्ने विषयमा अभिभावकले निगरानी राख्नु पर्ने सुझाव राखेका थिए भने स्थानिय शिक्षासेवी कोमलनाथले आत्मनिर्भर शिक्षा दिने विषयमा नीति निर्माताहरुले सोच्नुपर्ने बेला भएको, निशुल्क शिक्षाको नीति हुनु तर कार्यन्वयन नहुनु दुखद भएको विषय भएको धारणा राखेका थिए ।
शैक्षिक एवं खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार वितरण तथा पुर्व अध्यक्षहरु, पुर्व प्रअ अक्षयकोषदाताहरु र असल अभिभावकहरुलाई सम्मान गरिएको कार्यक्रममा सल्लाहकार मन बहादुर गुरुङ्गले शिक्षक अभिभावक र विद्यार्थी विचको पारस्परीक सम्बन्ध र समन्वयबाट गुणस्थरीय शिक्षा प्रदान गर्न सकिने सुभाव राखेको कार्यक्रमको संचालन शिक्षक भोजराज बराल र सम्झना आचार्यले गरेका थिए ।