कालिका क्याम्पसलाई एनएमबी बैंकको सहयोग

पोखरा, १८ असार – कालिका बहुमुखी क्याम्पसलाई एनएमबी बैंकले सेनीटरी प्याड भन्डिङ मसिन सहयोग गरेको छ । बैंकको पोखरामा रहेको गण्डकी प्रदेश कार्यालयले क्याम्पसमा अध्ययनरत छात्राको आवश्यकतालाई ध्यानमा राखी मसिन प्रदान गरेको हो ।

विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत छात्रा महिनावारीको समयमा स्कुल तथा क्याम्पस अनुपस्थित हुने समस्या अझै पनि उत्तिकै छ । यो समस्या नहोस भनेर एनएमबीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई २ भन्डिङ मेसिन प्रदान गरेको प्रदेश प्रबन्धक माधव अधिकारीले बताए । बै ंकका प्रदेश शाखा प्रबन्धक माधव अधिकारी, चिप्लेढुंगा शाखाका म्यानेजर सुदीप पौडेल र अफिसर सरस्वती गुरूडले क्याम्पस प्रमुख बिरन्जी गौतमलाई मेसिन हस्तान्तरण गरेका हुन् । क्याम्पस प्रमुख गौतम र निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बस्तोलाले बैंकलाई सहयोगका लागि धन्यवाद दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button