फेरी अवरुद्ध भयो पृथ्वीराजमार्ग

मुग्लिन, १२ असार (रासस) । पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button