लगातारको बर्षाले पोखराको सडक र घर भासियो

असार १२, पोखरा । पोखरा क्षेत्रमा केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ को एक घर तथा सडक भासिएको छ ।

फिर्के पुल नजिकैको बुढानिलकण्ठ मन्दिर नजिक सडकसहित एक घर भासिएको हो । त्यस क्षेत्रको बुढानिलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको पोखरा महानगरपालिकाका वडा अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिनुभयो । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button