पोखराका उद्योगी व्यवसायी सडक आन्दोलनमा, बैंकको चर्को ब्याजदरबाट व्यवसाय बचाउन माग

पोखरा, ११ फागुन ।  बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबाट मुक्त गरी व्यवसाय बचाउन माग गर्दै पोखराका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

उद्योग व्यापार नबनेसम्म अर्थतन्त्र नबच्ने भन्दै उनीहरुले बैंकिङ दबाब बन्द गर्नुपर्ने, व्याजदर एक अंकमा झार्नुपर्ने, व्याजमा मनपरी प्रिमिय बन्द गर्नुपर्ने, उद्योगी व्यवसायीलाई पीडित घोषणा गर्नुपर्ने, तरलता समस्या समाधान गर्नुपर्ने माग सहित सडक आन्दोलन थालेका हुन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी समस्या समन्वय समितिले बिहीबार पोखराको चिप्लेढुंगामा एक घण्टासम्म सवारी आवागमन बन्द गरेर धर्ना दिएको हो । विरोध कार्यक्रममा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व रहने गरी विभिन्न संघसंस्थाका ब्यानरसहित उपस्थित ठूलो संख्यामा उपस्थित भएका थिए ।

कार्यक्रममा समन्वय समिति संयोजक एवं पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए ।

उनीहरुले यो प्रारम्भिक आन्दोलन भएको तर माग सुनुवाइ नभए राष्ट्र बैंक घेर्न जाने चेतावनी समेत दिए ।

उद्योग व्यवसायीहरुले कोरोना महामारीका कारण थला पर्दै आएको आफ्नो व्यवसायी अझै चलायमान बन्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले गरेको व्याजदर वृद्धि तत्काल घटाउनुपर्नेमा मागलाई प्राथमिकताका साथ राखेका छन् ।

आफूहरुलाई बैक तथा वित्तीय संस्थाका कर्मचारीले रातको समयमा पनि घरमै आएर दबाब दिने गरेको उनीहरुको गुनासो छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button