नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छेको उम्मेदवारी घोषणा

पोखरा, २१ भदौ । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छेले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल पोखरा महानगर समितिका उपसभापति हुन् । यसअघि नगर समितिको कोषाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका विजुक्छेले आफू सभापतिको स्वभाविक दावेदार भएको जिकिर पनि गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते पोखरा महानगरको निर्वाचन कार्यक्रम रहेको छ । पोखराको मोहरियाटोल निवासी विजुक्छेले २०४३ सालका नेपाली कांग्रेस प्रतिवन्धित भएकै बेला तत्कालीन पोखरा नगर पंचायत वडा नम्बर २ को कांग्रेस सभापति एवं तरुण दल हुँदै पोखरा नगर समितिमा आएको बताएका छन् ।

उनले आफू सभापति भएपछि नयाँ पोखरा निर्माणमा पार्टीको अवधारणा प्रस्तुत गर्ने एवं आगामी निर्वाचनमा पार्टीलाई सबै तहमा निर्वाचित गराउने प्रतिवद्धता पनि जनाएका छन् । आउँदो चुनावमा आफू कुनै पनि पदमा नउठ्ने उनको प्रतिवद्धता छ । ‘आज पार्टी भित्र नयाँ साथीहरु आउनुभएको छ,त्यही अनुरुप पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता छ’,उनले भनेका छन्,‘नयाँ साथीहरुलाई गोलबन्द गदैृ आगामी निर्वाचनमा सबै निर्वाचनमा विजयी गराउनुपर्ने दायित्वलाई मैले बुझेको छु ।’ उनले नेपाली कांग्रेस पोखरा महानगर समितिको भवन निर्माणलाई पनि प्राथमिकतामा राखेका छन् । उनले नेपाली कांग्रेसको चरित्र नै समावेशी भएको स्मरण गर्दै पार्टीलाई समावेशी बनाउने अभियानमा लाग्ने पनि बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button